Oplus_16908288

कलैया,गाउँ कार्यपालिकाको कार्यालयलाई कुनै जानकारी नै मनपरी ढङ्गले विद्यार्थीहरूलाई विदा दिएर विद्यालय बन्द गरेकोभन्दै बारा जिल्लाको देवताल गाउँपालिका वडा नम्बर ३ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिप्राढीका शिक्षक कर्मचारीहरुलाई गाउँपालिका कार्यालयले कारबाही गरेको छ।असोज २६ गतेका दिन विद्यालय बन्द रहेको र विद्यार्थीहरू विद्यालय पोशाकमा नै सांस्कृतिक कार्यक्रममा देखा परेको भन्दै जनगुनासो आएपछि गाउँपालिका अध्यक्ष उदयप्रसाद यादवको उपस्थितिमा विद्यालयमा छड्के अनुगमन गरिएको थियो।

नियम विपरित विद्यालय बन्द गरेको ठहर गर्दै गाउँपालिकाले सो विद्यालयका सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीहरूको १ दिनको तलव भत्ता कट्टा गर्ने निर्णय गरेको छ।यसका साथै विद्यालयका प्रधानाध्यापक गगनदेव सहनीलाई २४ घण्टाभित्र शिक्षा शाखामा लिखित रुपमा विद्यालय बन्द गर्नुको कारणको उचित स्पष्टीकरण पेश गर्न पनि निर्देशन दिइएको छ।

Leave a Reply