कलैया,कलैयाको मुख्य चोकमा रहेको सडकमा ढल निकासको लागि भत्काइएको स्थानको मर्मत नहँुदा ट्राफिक जाम बढेको छ । व्यस्त सडकमा बढेको ट्राफिक जामले पैदल यात्रु र सवारी चालकले सास्ति खेप्दै आएका छन ।

ढल निकास गराउन गत असार २३ कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव आफै उपस्थित भएर जमेको पानी डोजर लगाएर ढल निकास गराउनुभएको थियो । तर ढल निकास गरेको १३ दिन बितिसक्दा पनि कलैया उपमहानगरपालिकाले उक्त क्षेत्रमा मर्मतसम्हारको लागि कुनै चासो दिएको छैन । यस विषयमा कलैया उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हरिओम प्रसाद सोनारले भने ढल निर्माण गर्ने कार्य उपमहानगरको वातावरण शाखाले हेर्ने बताउनुभयो । ढल व्यवस्थित नहुदा मुख्य बाटोमा ट्राफिक जाम बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here