वीरगन्ज,पर्सामा करिब तीन महिनापछि कोरोना संक्रमितको संख्या सुन्यमा झरेको छ । नारायणी अस्पतालको प्रयोगशालामा सोमबार गरिएको ३० जनाको पिसिआर परीक्षणमा कोरोना संक्रमतिहरुको संख्या सुन्य रहेको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिनुभयो । गत चैत महिनामा कोरोना संक्रमितको संख्या सुन्यमा झरेको थियो । चैतको अन्तिम साताबाट कोरोनाको दोश्रो लहरको हटस्पट बनेको पर्सामा दोश्रो लहरका करिब तीन महिनापछि कोरोना संक्रमति सुन्यमा झरेको हो । कोरोना नियन्त्रणका लागि भन्दै पर्सामा गत बैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञा असार १३ गतेसम्मका लागि धेरै खुकुलो गरी लम्बाइएको छ ।

यसैबीच वीरगन्जको नारायणी अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ की ७२ बर्षीया महिलाको सोमबार बिहान ११ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले जानकारी दिनुभयो । सोमबार नै अस्पतालमा भर्ना भएकी उनीमा गत जेठ २० गते पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

Leave a Reply