नरेश गुप्ता
बरियारपुर –  नेपाल  राष्ट्रिय निजि तथा आवशिय बिधालय अशोसियसनको २२ औ स्थापना  दिवसको अवसरमा  बाराको कलैयामा रक्तदान कार्यक्रम  समपन भएको छ ।  नेशनल प्याब्सन बाराको अध्यक्ष  प्रभुलाल कुशवाहाको अध्यक्षतामा भरत चौक स्थित रक्तदान शिविरको आयोजना  गरिएको थियो ।
नेपाल रेडक्रस बिरगंज  रक्त संचार केन्द्रको प्राविधिकको टोलिले रगत संकलन गरेको थियो । नेशनल प्याब्सन बाराले हरेक पुस २७ गते विभिन्न  कार्यक्रम गरि मनाउदै आएको छ ।  रक्तदान जीवन दान भन्ने उदेश्यलाई सकार गर्न  नेशनल  प्याब्सन बाराको  संस्थागत बिधालयहरुले रक्तदान शिविर आयोजना  गरेको अध्यक्ष  प्रभुलाल कुशवाहाले बताउनु भयो ।
रक्तदान शिविरमा मनोज कुशवाहा , रेनु थापा , अलि असारी , दिपक मण्डल , सलाम अंसारी , अनिल कुमार कुर्मी ,राजन मण्डल , राजु शाह , राजन जैसवाल ,रबिन्द्र  यादव , अलि महमद अंसारी लगायत ३० जनाले रक्तदान  गरेको  नेशनल प्याब्सन बाराको अध्यक्ष  प्रभुलाल कुशवाहाले बताउनु भयो ।

Leave a Reply