आइतवार गृहमन्त्री नारायणकाजी श्रेष्ठ वीरगन्जको बिभिन्न कार्यक्रममा सहभागी हुनुभयो । सो क्रममा उहाँ पत्रकार सम्मेलनदेखि प्रशासन कार्यालयको भवन उद्धाटन तथा पार्टी प्रवेश कार्यक्रममा पनि सरिक हुनुभयो । श्रेष्ठ गृहमन्त्री सहित नेकपा माओवादी केन्दको उहाँ नेता पनि हो । अझ भनौं, उपाध्यक्ष पनि हो । यो निर्वाचनमा श्रेष्ठ समानुपातिक निर्वाचनबाट सांसद बन्नु भएको थियो । उसो त माओवादीमा उहाँको अहिलेको जिम्मेवारीका विषयमा चर्चा पनि छ ।त्यसो त देशभर नै छ । आइतबार वीरगन्जमा आयोजित सबै कार्यक्रममा अन्य बिचारसंगै गृहमन्त्रीको जोड थियो, अनियमितता गर्ने जो कोहीका विरुद्धमा सरकार उभिने छ । उहाँले यो कुरा बताइरहदा उहाँकै पदको विषयमा पनि चिन्ता गरिन्छ । माओवादीको एकल सरकार छैन । उसलाई साथ दिएका दलहरुले यिनै श्रेष्ठको विरोध गरिरहेको सुनिन्छ ।यो अवस्थामा गृहमन्त्रीले बोलेका कुरा कति पुरा होलान भन्ने कुरा विशेष हो । बोल्नका लागि मात्रै भए त केही भएन, तर बोलेको कुरा पुरा गर्नका लागि कठिन छ । यहाँ उहाँले गरेको कामको विषयमा नकारात्मक कुरा गरेर उहाँको अहिलेसम्मको केही अभियानको विरोध पनि गर्न खोजिएको होइन यद्यपि जनताले नपत्याउने र कतिपय असंभव कुरा छ यस्ताहरु जनताको माझमा जस्ताको त्यस्तै भने चैं ठीक हुने थियो भन्ने नै हो । यद्यपि उहाँको कार्यकाल बाँकी नै छ हेरौं अझै उहाँले बोलेको कुरा कति पुरा गर्नुहुनेछ ।