निजगढ,पूर्वपश्चिम लोकमार्गको निजगढ पथलैया सडकखण्डको १२ किलो जंगल नजिक सोमवार टिपर र महेन्द्रा पिकअप ठोक्किदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते बनेका छन ।

दुर्घटनामा परेर पिकअपमा सवार महोत्तरी जिल्ला औरही गाउँपालिका वडा नम्बर २ बस्ने वर्ष ३० का सजिव मण्डलको उपचारको क्रममा वीरगन्जस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो । घाइेतहरुमा पिकअप चालक महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ११ बस्ने वर्ष १८ का जितेन्द्र पासवान, भ्यानमा सवार सोही ठाउँमा बस्ने वर्ष ३० का लालश्री साह र टिपर चालक पर्सा जिल्ला वीरगन्ज उपमहानगर पालिका वडा नम्बर ३१ बिश्रामपुर बस्ने वर्ष २९ का शेख महमद कासिम र टिपकरका सहचालक वीरगन्ज उपमहानगरपालिका वडा नम्बर २१ का १८ बर्षिय रामजी मण्डल रहेका छन । टाउकोमा चोट लागेर गंम्भीर घाइते मण्डलको वीरगन्जस्थित न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले जानकारी दिनुभयो ।

आँप बोकेर पूर्वबाट काठमाण्डौंतर्फ जादै गरेको प्रदेश नम्बर २–०३ ००१ च ४३२० नम्बरको पिकअप पश्चिमतर्फबाट निजगढतर्फ आउदै गरेको प्रदेश २–०३ ००१ क १९७१ नम्बरको टिपरसंग राजमार्गको काटँघाट जाने सडक नजिकै ठोक्किएको हो ।

घटनापछि पिकअपभित्रै च्यापिएका चालक पासवानलाई ईलाका प्रहरी कार्यालय निजगढबाट गएको टोलीले उद्धार गरेको थियो । प्रहरीले पिकअपको इन्जिन काटेर पासवानलाई बाहिर निकालेको प्रहरी निरीक्षक ओलीले जानकारी दिनुभयो । उनको दाहिने खुट्टा फा्क्चर भएको र निजगढस्थित नेशनल हस्पिटलमा उपचारपछि थप उपचारको लागि वीरगन्ज पठाइएको छ ।

त्यसैगरी टिपरका सहचालक रामजी मण्डलको पनि न्युरो अस्पतालमा उपचार हुदै गरेको छ । घाइते टिपर चालक कासिमको भने हेल्थ केयर अस्पताल वीरगन्जमा उपचार भइरहको प्रहरीले जनाएको छ । टिपर र पिकअपलाई ईलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here