पुष्पराज खतिवडा

मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को बडहर्वामा रहेको साना किसान कृषि सहकारी संस्थाा लिमिटेड मनहर्वाको २१औं बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।कलैया उपमहानगरपालिका वडा नम्बर २ स्थित अमर माध्यमिक विद्यालय दोहरीको परिसरमा भएको संस्थाको बार्षिक साधारण सभाको उद्धाटन मधेस प्रदेशसभा सदस्य लक्ष्मीदेवी ठाकुरले गर्नुभएको थियो ।कार्यक्रमकी प्रमुख अतिथि ठाकुरले सहकारी समाज रुपान्तरणको महत्वपूर्ण माध्यम भएको बताउनुभयो । सहकारी संस्थामा आवद्ध हजारौं गरिव श्रमजिवी महिलाहरुको हितमा सहकारीलाई प्रयोग गर्नसके समृद्धि टाढा नभएको उहाँले बताउनुभयो । “सहकारी र आवद्ध सदस्यहरुको हितका लागिे सदनमा कुरा उठाउने छु । सहकारीमा आवद्ध महिलाहरुको हितलाई ध्यानमा राखेर काम गर्ने छु,” प्रदेशसभा सदस्य ठाकुरले भन्नुभयो ।’यस्तै कार्यक्रममा साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनीले जिल्लामा संचालित साना किसान कृषि सहकारी संस्थाहरुले सदस्यको सर्वोपरी हितमा काम गर्दै आएको बताउनुभयो । उहाँले साना किसान कृषि सहकारी संस्थाहरु कृषि क्षेत्रको विकासमा सक्रिय रहेको भन्दै राज्यको सहयोगको खाँचो औंल्याउनुभयो ।कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड हेटौंडाकी प्रबन्धक कृष्णकुमारी शर्मा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष चतुरबाबु वाग्ले, कलैया उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष मोहन साह कानु, वडा नम्बर २४ का अध्यक्ष हिरालाल चौधरी, २७ का वडा अध्यक्ष आशोक तिवारी, साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानका अध्यक्ष प्रदिप सिंह बराल, सपहि बाराका प्रबन्धक अरुणकुमार चौधरी , सामाजिक अगुवा पुनदेवप्रसाद रौनियार, मीनाकुमारी चौधरी र गोरखप्रसाद यादवले बोल्नु भएको थियो ।वक्ताहरुले सहकारी संस्थाबाट लिएको कर्जाको सदुपयोग गर्दै आर्थिक उपार्जनमा लाग्नु पर्ने र समयमै कर्जा फिर्ता गर्ने बानीको विकास गर्नुपर्ने धारणा राखेका थिए ।३ हजार १ सय १ जना सदस्यहरुका बीच करिब ६५ करोडको कारोबार गर्दै आएको संस्थाले गत आर्थिक वर्ष २०७९।०८० मा कमाएको दुई करोड दुई लाख ६६ हजार मुनाफाबाट सदस्यहरुलाई १७ प्रतिशत लाभाशं वितरण गर्ने सभाबाट निर्णय गरेको छ ।सभाको अवसरमा संस्थाले उत्कृष्ट ऋण कारोबार गर्ने ६ जना, उत्कृष्ट बचत गर्ने ६ जना, संस्थाले संचालन गरेको दुध डेरीमा नियमित दुध बिक्री गर्ने असल पशुपालक किसान एकजना र संस्थाको कृषि पसलबाट नियमित र सबैभन्दा बढी रकमको कारोबार गर्ने एकजना गरी १४ जना सदस्यलाई प्रमाण पत्र र दोसल्ला सहित सम्मान गरिएको छ ।यस्तै संस्थाले स्थानीय जनप्रतिनिधि र वडा अध्यक्षहरुलाई समेत दोसल्ला ओढाएर सम्मान गरेको छ ।सभाले संस्थाकी अध्यक्ष नयनकला खड्काले प्रस्तुत गर्नुभएको संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक सुनिता सापकोटाको आन्तरिक लेखा परीक्षण प्रतिवेदन र संस्था प्रबन्धक पुष्पराज खतिवडाको बार्षिक प्रगति तथा आगामी कार्यक्रम र बजेट सुझवसहित पारित गरेको छ ।संस्थाकी अध्यक्ष खड्काको अध्यक्षता, शर्मिष्ठा दाहालको संचालन र संस्कार एफएमका प्रबन्ध निर्देशक अनिल गौरवको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here