नरेश गुप्ता

बरियारपुर,अविरल वर्षापछि आएको बाढीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १९ गुलरिया टोलस्थित अंसारी एकिकृत कृषि फर्मको माछा बगाएको छ । शनिवार राति आएको बाढीसंगै पोखरीको माछा बगेर नहरमा पुगेपछि फर्म संचालक कृषकलाई तीन लाख रुपैया बराबरको नोक्सानी भएको छ ।

बाढीको पानीले पोखरी भरिएपछि पानीसंगै पोखरीका माछा बगेर नजिकै रहेको नहरको पानीमा मिसिएका थिए । उक्त पोखरीमा रहेका रोहु, बिग्रेट र सिलभर प्रजातिका सबै माछाहरु बाढीले बगाएको कृषकले बताउनुभएको छ ।

अविरल वर्षाले जिल्लाको उत्तरी भेगमा किसानले बनाएको माछा पोखरीमा बाढीको पानी पसने, डिल भत्किने र माछा बगाउने समस्या उत्पन्न भएकाले नियन्त्रणको लागि सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी रहेको बताइएको छ । वर्षाका माछा पोखरीमा बाढी पसेर माछा बगेपछि जिल्लाका किसनानले वर्षेनी ठूलो नोक्सानी बेहोदै आएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here