पुष्पराज खतिवडा
मनहर्वा, बारा
२७ फागुन २०७७
नेपाल राष्टिय माध्यमिक विद्यालय मनहर्वाको २०५५ एसएलसी समुहका विद्यार्थीहरुले प्यारालाईसिस समस्या पिडित आफ्ना साथीलाई आर्थिक सहयोग गरेका छन् ।
समुहले विहिबार अपराहन्न जीतपुरसिमरा उपमहानगरपालिका १८,बडहर्वा निवासी पहल बहादुर थापालाई ८५ हजार रुपैया सहयोग गरेका हुन् । “दुःखमा साथी भगवान भन्दा माथी” भन्ने संदेशका साथ थापालाई आर्थीक सहयोग गरिएको उक्तसमुहका गोरे लामाले बताए । स्कुल जीवनका साथीहरु मध्य एकजना विरामी परेको र उपचारमा ठुलो धनराशी खर्च गर्दा समेत अवस्था नसुध्रिएपछी थप उपचारका लागि रकम सहयोग गरेका उनले बताए ।
समुहका मन मिल्ने साथीहरु मिलेर अर्का साथीको उपचारमा कसरी सहयोग गर्न सकिन्छ । थापाको अवस्था बुझ्न र उनको हौसल्ला बढाउनका लागि सामुहिक भेटघाटका समेत गरेको अर्का लालु चौधरीले बताए ।
थापा चारबर्ष अघि २०७३ कार्तिकबाट विरामी परेका थिए । उनको चितवनको भरपुर, काठमाडौं, हेटौंडा लगायतका स्थानमा उपचार भएको थियो । अहिले पनि उपचार थापा बोल्न सक्दैनन् । उनको दाहीने हात तथा गोडा राम्ररी चल्दैन । तर पैसा अभावमा थप उचार गर्न सकिएको उनकी पत्नी गायत्री थापाले सुनाईन् ।
उपस्थीत थापाका साथीहरुले हौसल्ला बढाउने तरिका सिकाउँदै आर्थीक सहयोग गर्नुभएको उनले बताईन् । वहाँहरुले साथीको थप उपचारमा विभिन्न ढंगबाट सहयोग गर्ने समेत बताएर जानुभएको पत्नी गायत्रीले सुनाईन् ।
एसएलसि समुहकाबाट, गोरेलामा,कुमार लामा, लालु चौधरी, सावित्रा भण्डारी, सान्ता सापकोटा,सीता हुमागाई, सीता बस्नेत, नीरा अधिकारी, शर्मिला सिग्देल,सन्तोष ठाकुर,अबास अंसारी दिनेश गिरी, दिनेश बस्नेतले सहयोग गरेका हुन् । यस्तै अमेरिकामा रहेका सरोज दाहालले समेत साथीलाई आर्थीक सहयोग गरेका छन् । पुष्पराज खतिवडा, सुरेश सिम्खडा, पवित्रा केसी,मनोज चौधरी, यादव अधिकारी,ईन्द्रहरी पौडेल, संगिता सिग्देलले समेत एसएलसी ब्याचका बिरामी मित्रलाई सहयोग गरेका हुन् ।
एसएलसि समुहका सदस्य एवं जीतपुरसिमरा उपमहानगरपालिका १८का वडा समिति सदस्य कुमार लामाले उक्त रकम पिडित थापालाई हस्तान्तरण गरेका थिए । पिडीत थापाको घरमा भएको कार्यक्रममा उनका बुवाआमा, पत्नी छोरा सहभागि थिए । यस्तै सहयोग गर्ने समुहका गाउँ बाहिर विभिन्न पेशा ब्यवसायमा संलग्न रहेका र विशेष कारण आउन नभ्याएका बाहेक माथी नाम उल्लेख भएका मध्य १५ जनाको सहभागिता रहेको थियो ।
फोटोमा ःपारालाइसिस पिडित थापालाई आर्थीक सहयोग गर्दै एसएलसी समुह ।