सिकिन्द्र साह

सिम्रौनगढ,सिम्रौनगढ नगरपालिकास्थित गोलागन्ज बिओपिका सशस्त्र प्रहरीले मंगलबार बिहान १ क्विन्टल ५ केजी भारतीय कुखुरा बरामद गरी नष्ट गरेको छ ।

प्रहरीले बिहान ८ आठ बजेको समयमा भारतबाट नेपालतर्फ ना ५ प ५१३० नम्बरको हिरोहोणडा मोटरसाइकलमा राखेर ल्याउदै गरेको अवस्थामा करीव ३१ हजार मूल्य बराबरको कुखुरा बरामद गरी नष्ट पारेको हो ।

कवलपुर नाका हुदै ल्याउदै गरेको सो कुखुराका तस्करहरु भने प्रहरीलाई देखेपछि मोटरसाइकल छोडेर भागेका थिए । भारतबाट अवैध रुपमा ल्याइएको खाल्टोमा गाढेर नष्ट पारिएको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here