जताततै नकरात्मक खबर आइरहेको अवस्थामा कतैबाट सकारात्मक खबर आयो भनेपनि यसले जनतालाई उत्साहित बनाउने रहेछ । यस्तै जनतालाई उत्साही तुल्याउने एउटा खबर आएको छ– निर्माणधिन तराई मधेसका दु्रत मार्ग (फाष्ट ट्याक)बाट । हुन त, नेपालमा विकास निर्माणको सवालमा केही भएको छैन भन्न पनि नमिल्ला तर जति हुनुपर्ने थियो त्यसरी भएको चैं छैन । जसले गर्दा नेपालमा सडक लगायतका विकासका पूर्वाधारहरु भने जसरी बन्न सकेका छैनन् अनि यसले देशर्लाइ पछाडि पनि धकेलिरहेको छ । अब विकास नै पहिलो सर्त हो । अब विकासमा चासो नराख्ने कुनै पनि राजनीतिक दललाई सत्तामा बस्ने अधिकार हुदैन । जो सत्तामा पुगे पनि विकास त गर्नु नै पर्दछ यसको अर्को विकल्प हुदै हुदैन । अब विकासको नाउँमा करोडौं झ्वाम पार्ने कसैको सपना पनि पूरा हुदैन किन भने एकदिन त्यसको पनि हिसाव हुनेछ ।
कछुवाको गतिमा नै विकास भएपनि केही ठाउँमा भने प्रगति भएको पनि सुन्न पाइएको छ । तराई मधेसका नागरिकहरुको दीर्घकालिन जीवनसंग जोडिएको काठमाडौं तराई मधेस दुर्तमार्गमा केही प्रगति भएको नेपाली सेनाले जनाएको छ । एउटा सुरुङ्गको काम एकापट्टीको सफल भएको भनेर सेनाले जानकारी दिएको छ । मधेसको विकासका लागि पनि दुर्तमार्ग अथवा फाष्ट ट्याक बन्नु नै पर्दछ यसको विकल्प पनि छैन तर छिटो बनेको खण्डमा चैं यसले सबैलाई फाइदा हुने हो ।

Leave a Reply