कलैया,बारा प्रहरीले विशेष सूचनाको आधारमा २२ किलो लागूऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमराको संयुक्त टोलीले मङ्गलवार दिउँसो करिब ४ बजे बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका– ८ इम्लिप्रतिस्थित खेतमा चलाएको अपरेसनको क्रममा उक्त परिणामको गाँजासहित एक जना पक्राउ परेका हुन ।प्रहरीका अनुसार जीतपुरसिमराको लोसण्डा निवासी ४५ वर्षीय रामपुकार सहनी दुई वटा बोरामा लुकाएको गाँजा बोकेर जादै गरेका अवस्थामा फेला परेका थिए । बरामद गाँजाको तौल करिब २२ किलो रहेको प्रहरीले जनाएको छ ।पक्राउ परेका सहनीलाई लागु औषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।प्रहरीले लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजी र निगरानीलाई थप तीव्र बनाएको जनाएको छ ।

Leave a Reply