कृपा संवाददाता
हेटौडा – बागमती प्रदेशको राजधानी हेटौंडामा ७० औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । प्रदेश स्तरिय मुल समारोह समिति बागमती प्रदेशको आयोजनामा हेटौंडामा ¥याली र सभा गरेर प्रजातन्त्र दिवस मनाइएको हो । हेटौंडाको बुद्धचोकबाट निकालीएको प्रभातफेरी पिपलबोट, मकवानपुर उद्योग बाणिज्यसंघ, लोकप्रियचोक, मानसचोक हुंदै मुख्यमन्त्री कार्यालय परिषरमा आएर सभामा परिणत भएको हो । कार्यक्रमका अवसरमा बोल्दै प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिभिन्न आन्दोलनमार्फत प्राप्त जनादेशअनुरूप देशमा आर्थिक समृद्धि र सुशासन कायम गर्नुपर्ने अहिलेको आबश्यकता रहेको वताउनुभयो ।
प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातरअज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अगाडि बढ्ने प्रेरणा यस दिवसले दिने अपेक्षा गरिएको वताउनुभयो । प्रजातन्त्र ल्याउन शहीद भएका नेपाली आमाका सन्तानहरुका अधुरा सपना पूरा गर्न सरकार सदैब लागि परेको उहांले वताउनुभयो । सकारात्मक सोचका साथ अगाडि बढ्न सबैले आआफ्नो स्थानबाट भूमिका खेल्नुपर्ने वताउनुभयो ।
देशलाई लामो समयसम्म निरङ्कुश, जहानियां, तानाशाही र एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने मात्र नभई उनीहरुको सम्मानमा सम्मानमा हाम्रो शिर सधैं झुक्ने मुख्यमन्त्री पौडेलले वताउनुभयो । आर्थिक, सामाजिक रूपान्तरणसहित आमजनताको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ गठन भएको वर्तमान सरकार विकास र समृद्धि ल्याउनेमा दृृढ रहेको विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अहिले राजनीतिक उपलव्धी भएकाले अव आर्थिक उपलव्धी हुनुपर्ने वताउनुभयो । हालसम्म प्रदेशसभामा ५१ व्टा विधेयक दर्ता भएको र ४७ वटा विधेयक पारितभइसकेको वताउनुभयो । स्थानीय तहले वनाएका केही ऐनहरु संघीय सरकारको ऐन संग बाझिएको वताउनुभयो । सुखी नेपाली समृद्ध नेपाल निर्माणका लागि आफुहरु सदैव लागिपरेको वताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, प्रदेशका प्रमुख सचिव तोयम राय, विभीन्न मन्त्रालयका सचिवहरु, तीन वटै सुरक्षा निकायका प्रमुखहरु, कर्मचारीहरु ल्गायतकाको सहभागिता रहेको थियो ।