नरेश गुप्ता
बरियारपुर,गाउँपालिकाले संचालनमा ल्याएको बर्थिङ्ग सेन्टरमा पहिलो जन्माउने महिलालाई बाराको विश्रामपुर गाउँपालिकाले २५ हजार नगद प्रदान गरेको छ ।
बर्थिङ्ग सेन्टरमा बच्चा जन्माउने बिश्रामपुर गाउँपालिका वडा नम्बर २ कान्तिपुर बरैनिया टोलका सुनताज अंसारीकी श्रीमती रजया खातुनलाई मंगलवार २५ हजार रकम प्रदान गरिएको हो ।
खातुनले मंगलवार बिहान ११ः५५ बजे बर्थिङ्ग सेन्टरमा शिशुलाई जन्म दिनुभएको थियो । बर्थिङ्ग सेन्टरमा शिशु जन्माउने आमा र शिशु स्वास्थ्य अवस्था राम्रो रहेको बर्थिङ्ग सेन्टरकी अनामी संगिता उपाध्ययाले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष जुल्फकार अली भुटोले गत जेठ २० गते बर्थिङ्ग सेन्टरको उदघाटन गर्नुभएको थियो । उद्धाटन समारोहमा गापा अध्यक्ष भुटोले बर्थिङ्ग सेन्टरमा पहिलो जन्माउने महिलालाई पच्चीस हजार नगद दिने घोषणा गर्नुभएको थियो । अध्यक्ष भुट्टोको घोषणाअनुसार बच्चा जन्माउने खातुनलाई नगद रकम प्रदान गरिएको हो ।
साथै प्रस्तुति गराउने क्रममा महिलाले पाउने खर्च बापतको दुई हजार समेत खातुनलाई प्रदान गरिउको छ । बर्थिङ्ग सेन्टरबाट सुरक्षित रुपमा पहिलो शिशु जन्मिएको खुसियालीमा सेन्टरमा मिठाइ समेत वितरण गरिएको थियो । सो अवसरमा गाउँपालिकाकी उपाध्यक्ष प्रीयांका साह, प्रमुख प्रशासकिय अधिकृत राकेश ओझा, कृष्ण साह, बिजय पणित, जुमराती मिया, अजय गुप्ता, स्वास्थ शाखा प्रमुख अलिअखबर हुसेन, आर्थिक प्रशासन प्रमुख बजंरगी जैसवाल लगायतको उपस्थिति रहेको थियो ।