कम्यूनिष्टहरु पदका लागि भन्दा पनि विचार र आर्दशमा अडिग रहन्छन् भन्ने कुरा माक्सवादमा उल्लेख छ । माओ र लेलिनहरुले यही कुरा सिकाए र यिनैको नाउमा नेपालमा पनि कम्युनिष्ट पार्टीहरु च्याऊ झैं खुले र ठुला दलको रुपमा अस्तित्वमा पनि छन् तर पनि आफूलाई कम्युनिष्ट भन्नेहरु धेरै छन् । हालै एमालेबाट बिभाजन भएको नेकपा एसले पनि आफूलाई कम्युनिष्ट भन्ने गर्दछ ।
तर, उसको असली अनुहार भने मन्त्रीमा गएर अड्किएको छ । मन्त्री पदका लागि मरिहत्ते गरेको कुरा आएको छ । त्यही पार्टीका अध्यक्षले एउटा निर्णय गरे र त्यसको भोलिपल्ट अर्को कुरा उल्लेख भएको पाइयो । अथवा माधव नेपालले सरकारमा सहभागीहरुलाई फिर्ता बोलाउने कुरा गरेपनि त्यसको कार्यान्वयन हुन सकेन । अब हुँदाहुँदा नेकपा एसभित्र पनि विवाद भएको कुरा आएको छ ।
् मन्त्री पद छाड्न नहुने सोचका कारण र पदकै केन्द्रमा भएपछि समस्या आउछ नै । एमालेमा यस्तै समस्या छ माओवादीमा यस्तै समस्या छ । अनि कम्युनिष्ट भनिएका पार्टीहरुमा समस्या नै समस्या छ । पदका लागि मरिहत्ते गर्नेहरु कम्युनिष्ट हुन्नन् तर एसमा देखिएको विवाद अब आफै विचार गर्न सकिन्छ कि उनीहरुमा कति जनवाद छ भनेर ।