निजगढ,काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को सुरुङ खन्ने काम रोकिएको छ । राष्ट्रिय गौरवको आयोजनामध्येको एक उक्त फास्ट ट्रयाक बनाउने जिम्मा सरकारले नेपाली सेनालाई सुम्पिएको थियो ।

सम्झौताअनुसार ठेकेदार कम्पनीले ल्याउनुपर्ने उपकरण र विज्ञहरू नल्याएको तथा गुणस्तरीय काम हुन नसकेपछि प्योकज १ र २ को सुरुङ खन्ने काम केही समयको लागि स्थगित गरेको सेनाले जनाएको छ । सेनाका प्रवक्ता एवम् सहायक रथी नारायण सिलवालले काम केही समयको लागि स्थगित गरेको जानकारी दिनुभयो । दुई खण्डमा खनिँदै आएको काम ठेक्का सम्झौताअनुरूप नदेखिएकाले सेनाले ठेकेदारलाई काम रोक्न निर्देशन दिएको हो ।

चिनियाँ ठेकेदारले सुरुङ खन्नका लागि सम्झौताअनुसारको ‘थ्री आम्र्स जम्बो’ मेसिन नल्याई सामान्यरूपमा खन्न थालेकाले कामको गुणस्तर पनि कमजोर रहेको पाइएपछि तत्काल काम रोक्न निर्देशन दिइएको हो ।

Leave a Reply