कृष्ण मोहन साह

सेढवा,पर्साको ठोरी गाउँपालिकाबाट सशस्त्र प्रहरीले ६ वटा पाडा नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट सुवर्णबाट सशस्त्र निरीक्षक ऋषिकेश रावतको नेतृत्वमा गएको सशस्त्र प्रहरीको गस्ती टोलीले ठोरी गाउँपालिका वडा नम्बर ५ मा पर्ने जङ्गलको बाटो हुँदै बाराको जितपुर बजारतर्फ लैजादै गरेको अवस्थामा आइतवार राती ११ बजेको एक लाख बीस हजार मूल्य बराबरको पाडा नियन्त्रणमा लिएको हो ।

प्रहरीलेआवश्यक कारबाहीको लागि नियन्त्रणमा लिइएका पाडाहरु वीरगन्ज भन्सार कार्यालयमा पठाइएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here