पुष्पराज खतिवडा
मनहर्वा,हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराको चौधौं बार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । साधारण सभाले आगामी चार वर्षका लागि यज्ञबहादुर आलेको नेतृत्वमा १३ सदस्यीय संचालक समिति चयन गरेको छ । नवनिर्वाचित संचालक समितिको महिला उपाध्यक्षमा क्षमादेवी अधिकारी, उपाध्यक्षमा संजयकुमार साह, सचिवमा दिपकप्रसाद भट्ट र कोषाध्यक्षमा बरुणप्रसाद गौतम् चयन हुनु भएको छ ।
त्यस्तै सदस्यहरुमा मनकुमारी खनाल, भिम खकुरेल, नारायण घिमिरे, चुणमणी गौतम (राजु), इद्रिस मिया, टंक घिमिरे, सीता केसी र सुनिता चौरेल चयन हुनु भएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै ३ सदस्यीय लेखा सुपरिक्षवेक्षण समितिको संयोजकमा रामचन्द्र पौडेल र सदस्यमा सुशिला आचार्य र विदुर घिमिरे चयन हुनुभएको छ । संचालक समिति एवं लेखा सुपरिवेक्षण समितिको सदस्यका लागि आकांक्षीको संख्या धेरै भएपछि चयन प्रकृया विहिबार राती अबेरसम्म चलेको हो । नयाँ नेतृत्व सर्वसहमत चयन गरेसँगै कोरोना भाईरस संक्रमणको महामारीका बीच असोजको १० गतेबाट वडागत रुपमा शुरु भएको साधारणसभा समापन भएको हो ।
संस्थाका अध्यक्ष आलेको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीको प्रमुख आतिथ्यतामा भएको साधाण सभाको उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य शोभाकर पराजुली, प्रदेशसभा सदस्य शोभा लामा तथा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा.कृष्ण पौडेलको उपस्थिति रहेको थियो । ३ हजार ६ सय ८० शेयर सदस्य रहेको हातेमालो सहकारीले यस वर्ष २ करोड ५७ लाख ५४ हजार मुनाफा आर्जन गरेको संस्थाका अध्यक्ष यज्ञबहादुर आलेले बताउनुभयो ।
कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघका सञ्चालक हरिओम पटेल, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्यन्द्र ठाकुर, साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी, नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटी अध्यक्ष भोलाप्रसाद अधिकारी, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य दिनेश राई, सिमरा खानेपानी समितिका रमेशकुमार पौडेल, राप्रपा नेपालका प्रतिनिधि रुपलाल चौधरी, जीतपरसिमरा नगर उद्योग वाणिज्य संघका कार्यबहाक अध्यक्ष मोहन शर्मा, राष्ट्रिय सहकारी बैकका सुरेश लागे, घण्टीमाई साकोसका उपाध्यक्ष थानेश्वर पाध्य, सिमरा महिला साकोसकी कोषाध्यक्ष गीता शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष रेशम तिवारीलगायतको उपस्थिति रहेको थियो । हातेमालो साकोसका सञ्चालक समिति सचिव सञ्जयकुमार साहले सहजीकरण गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष शिवप्रसाद शर्मा वाग्लेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।