आइतबार बिहान जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनामा पर्यो र त्यसको आधारिक पुष्टी भने सोमबार बिहानमात्रै भयो । घटनाको पुष्टीसंगै उक्त जहाजमा कोही जिवित नभएको पनि जानकारीमा आएको छ । जहाज दुर्घटनामा २२ जनाको जीवनको दुखद अन्त्य पनि भएको छ । आकाशको यात्रा गरेका उनीहरुको जोमसोम पुगेर चिसो हावा खाने र घुम्ने सपना पनि तुहिएको छ ।
नेपाली आकाशमा भएको दुर्घटना यो पहिलो भने होइन । यस्ता दुर्घटनाहरु नेपालमा धेरै भएका छन् र आकाशमा भएको दुर्घटनाका कारण पनि नागरिकहरुको ज्यान जानेको संख्या पनि काहाली लाग्दो छ । सडक यस्तै असुरक्षित छ अनि आकाश उस्तै असुरक्षित छ अनि कसरी नेपालीहरुले यात्रा गर्ने ?
यो प्रश्नको जवाफ कसैले दिन सक्दैन । जवाफ त बिभिन्न तरिकाले दिइन्छ तर चित्तबुझ्दो जवाफ भने नागरिकहरुका लागि संधै कुहिरोका काग भएको छ र सडक र आकाशबाट नै नागरिकहरुको ज्यान गुमाइ रहन परेको छ । आइतबार भएको दुर्घटना अन्तिम बनोस् यही कामना सबैको छ र यस्तो बिषयमा सबै गम्भीर बन्न पनि आवश्यक छ ।














