कलैया,बाराको कलैयाबाट प्रहरीले म्याद नाघेका पेय पदार्थ पेप्सी, स्प्राइट, माउण्टेन ड्यु, स्लाइस, सेभेन–अप र मिरिन्डा नियन्त्रणमा लिएको छ ।विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर १, राजदेवी टोल स्थित केसरी एण्ड केसरी सन्स इम्पेक्सको गोदामबाट यी पेय पदार्थ नियन्त्रणमा लिएको हो ।

Leave a Reply