भुटानी शरणार्थी ठगी काण्डमा हाइ प्रोफाइलका व्यक्ति तानिने संभावना बढेको छ ।वर्षौंदेखि अनुसन्धानमा रहेको नक्कली भुटानी शरणार्थी काण्डको नालीबेली बाहिर आएपछि यसले देशभर चर्चा पाएको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी काण्डमा संलग्न भएको प्रमाण भेटेपछि नेपाल प्रहरीले बहालवाला सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ । लगत्तै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बाहेक, उहाँका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाकी श्रीमती नैनकला थापा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । प्रहरीले रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी गरिरहेको छ ।गएको चैतमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै १० देखि ४५ लाख रुपियाँसम्म असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, पाँचथरका टेक गुरुङ र मोरङका सागर राईलाई पक्राउ गरिएको थियो । सो गिरोहले मन्त्रीदेखि सचिव हुँदै मन्त्रीका छोरालाई समेत रकम दिनुपर्छ भन्दै नाम पोलेपछि प्रहरीले सक्रियता बढाएको थियो । तत्कालीन ओली नेतृत्वको सरकारले भुटानी शरणार्थीको समस्या समाधान गर्न कार्यदल गठन गरेको थियो ।गृह मन्त्रालयका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वको समितिले प्रतिवेदन सरकारले सार्वजनिक गर्न नपाउँदै गिरोहको हातमा पुगेको थियो । गिरोहले मन्त्रीदेखि सचिव हुँदै मन्त्रीका छोराको समेत सहयोगमा अन्ुसूची फारममा नाम थप गरेर केहीलाई शरणार्थी बनाएका थिए । १० देखि ४५ लाख रुपियाँ तिरेर शरणार्थी बनेका नेपालीले अमेरिका जान नपाएपछि प्रहरीसमक्ष ठगीको उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले पक्राउ पुर्जी लिएर ठूलो गिरोहका नाइके पक्राउ गरेको थियो । एमालेका सचिव समेत रहेको टोपबहादुर रायमाझी भने अझै फरार छन् र उनको खोजी भएको प्रहरीले बताएको छ । यो काण्डमा संलग्न जो कोही भएपनि कारबाही होस् ।

















