नरेश गुप्ता

बरियारपुर,बाराको सुवर्ण गाउँपालिकाका वडा नम्बर ७ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता बिजय सिहले आफुलाई कुनै जानकारी नै नदिइ प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीबास्तवले देखावटी रुपमा पालिकाको प्रवक्ता चयन गरेको आरोप लगाउनुभएको छ ।

सुवर्ण गाउँपालिका वडा नम्बर ७ बाट स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार बनेर चुनाब जित्नु भएका सिहले गाउँपालिकाले आफ्नो वडाको बजेट समेत संचालन गर्न नदिइएको बताउनुभयो । वडा समितिलाई आफनो अधिकारबाट बंचित गराइएको र देखावटीरुपमा गाउँपालिकाको प्रवक्ता चयन गरिएकोमा उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । प्रवक्तालाई जानकारी नै नदिइ हुनु लाजमर्दो बिषय रहेको उहाँले तर्क गर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीबास्तवले कमिसनको लागि आफ्नो हिसाबले वडा स्तरीय योजना र गाउँपालिका स्तरीय योजना चलाउदै आएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री युवा स्वरोजगार योजनालाई सबै वडामा संचालन गरिएको भएपनि बेरोजगारी समस्या समाधान गर्न युवाहरूलाई लक्षित गरी अघि सारिएको सो कार्यक्रममा आफनो वडाको युवा र महिलाहरुलाई छनौट नगरिएको प्रवक्ता सिहले बताउनुभयो ।

प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रमका संयोजक सुदिप मण्डलले आफ्नो वडाका युवाहरुलाई कार्यक्रमबाट बंचित गरिएको तर वडाका युवाहरुलाई समावेश गर्न गाउँपालिका अध्यक्ष महेन्द्र यादव र प्रमुख प्रशासकीय अधिकृत जैसवालले कुनै चासो नदेखाएको आरोप लगाउनुभयो । सुवर्ण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्रीबास्तव, गाउँपालिका अध्यक्ष यादव लगायत गाउँपालिका बोर्डका सदस्यहरुले एकलौटी निर्णय गरि आफ्नो हिसाबले योजना चलाएको आरोप सिहले लगाउनुभयो । एकातिर आफ्नो वडाको अधिकारबाट बंचित गर्ने अर्कोतर्फ प्रवक्तालाई देखावटी चयन गर्ने कार्यले गाउँपालिकाको गतिविधिमा आशंका उत्पन्न गराएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here