राजन कुमार बानिया
पोखरिया,वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित छिपहरमाई गाउँपालिकाका जनप्रतिनिधिहरुको पद तथा गोपनियताको शपथग्रहण तथा स्वागत कार्यक्रम बुधवार सम्पन्न भएको छ ।
नवनिर्वाचित जनप्रतिनिधिहरुलाई छिपहरमाई गाउँपालिका निर्वाचित अध्यक्ष मनोज कुमार गुप्ताले शपथ ग्रहण गराउनुभएको हो ।
गाउँपालिका अध्यक्ष गुप्ताले गाउँपालिकाको पदभार सम्हाल्दै गाउँपालिकाको श्री मंगल मावि भिस्वाको प्राङ्गणमा उपाध्यक्ष लिलावति देबी कानु र वडा समितिका अध्यक्ष र सदस्यहरुलाई पनि पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको हो ।
सो अवसरमा अध्यक्ष गुप्ता र उपाध्यक्ष कानुले पालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई गम्छा, दोसल्ला, फुलमाला र अबीरको टिका लगाई बधाई दिनुभएको थियो ।
गाउँपालिका अध्यक्ष गुप्ताको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कानु, वडा अध्यक्ष कामेश्वर प्रसाद यादव, महेन्द्राप्रसाद कलवार, दिपेन्द्र सिंह, रामेश्वर महतो केवट, मौजिलाल साह कानु, नेकपा एमालेका नेता किशोरी साह कानु, गाउँपालिकाको कानुनी सल्लाहकार हरिहर साह कानुलगायतले आफ्नो मन्तव्य राखेका थिए ।
सपथग्रहण कार्यक्रममा छिपहरमाई गाउपालिकाका निमित्त प्रमुख प्रसाशकीय प्रमुख शम्भुप्रसाद साह, प्रह्लाद गुप्तालगायत गाउँपालिकाका कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, राजनितीकर्मीलगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

















