निजगढ – निजगढ नगरपालिका वडा नं ८ स्थित श्री गौरिशंकर माविको ४६ औं वार्षिकोत्सव एवं अभिभावक दिवस समपन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश २ का मुख्य मन्त्री लाल बाबु राउत आउने भनिएको भएतापनि कार्यक्रममा भने आएनन्, सेहि कार्यक्रममा विद्यालयका संस्थापक पुर्व मन्त्री केशब बडाललाई विशिष्ट अतिथिको रुपमा निमन्त्रणा गरियको थियो, यस्तै निजगढका मेयर सुरेश खनाल र उपमेयर लिलादेबि खनाललाई समेत विशिष्ट अतिथिको रुपमा निमन्त्रण गरिएको स्रोतले (नाम नबताउने सर्तमा) बताए ।
स्रोतका उनुसार मुख्य मन्त्री राउत नआएमा उक्त कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री केशब बडाललाई बनाउने तयारि समेत गरिएको थियो जुन मर्यादाक्रम उनुसारनै भईरहेको थियो । उनले मने, “समयको अभाबले गर्दा मुख्य मन्त्री राउत नआउने भए त्यस पछि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केदार प्रसाद गौतमले निर्धारित सुचि भन्दा आफु खुसि मर्यादाक्रम उल्लंघन गर्दै निजगढका मेयर सुरेश खनाललाई कार्यक्रममा प्रमुख अतिथि र उपमेयर लिलादेबि खनाललाई विशिष्ट अतिथि बनाए ।
प्रमुख अतिथि बनाउन तयार गरिएको पुर्व मन्त्री केशब बडाललाई अतिथिको रुपमा मन्चमा राखियो जुन नेपाल सरकारद्धारा प्रकाशित नेपाल राजपत्रको मर्यादाक्रम अनरुप नभएको स्रोत बताए । बिद्यालयमा नै मर्यादाक्रमको उल्लंघन गरि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गौतमले बिद्यालयमा राजनिति गर्ने धले बनाएको आरेप स्थानियले लगाएका हुन ।
नेपाल सरकारद्धारा प्रकाशित नेपाल राजपत्रको मर्यादाक्रम बमोजिम खण्ड ६९ संख्या ३ भाग ५ अनुसार १० नं मा नेपाल सरकारका पूर्वमन्त्री र १५ नं मा नगरपालिकाका प्रमुख रहने व्यबस्ता रहेको छ । सरकारले मुलुक संघीयतामा गएसँगै अघिल्लो वर्ष नयाँ मर्यादाक्रम तोकेको थियो ।