नरेश गुप्ता
बरियारपुर,करेन्ट लागेर बारामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा देवताल गाउँपालिका वडा नम्बर ३ छोटकी अम्वा बस्ने ४० वर्षीय राम प्रवेश महतो रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारका लागि नेशनल मेडिकल कलेज वीरगन्ज पठाइएको थियो । आफ्नों घरमा जडान गरेको पानी फाल्ने मोटर बनाउने क्रममा विद्युत सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका महतोको मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको बारा प्रहरीले बताएको छ ।

















