सरकारले आगामी जेठ १ गतेबाट हप्तामा दुई दिन सार्वजनिक बिदा दिने भनेर निर्णय गरेको छ । निर्वाचन भएका कारण पनि अहिले यो बिषयले कम चर्चा पाए पनि वास्तवमा सरकारको यो निर्णय आफैमा हचुवाको भरको छ । वास्तवमा किन र केका लागि दुई दिन बिदा भन्ने. कुराको बहस र छलफल नै नभइ किन सरकारले गरेको निर्णयको अर्थ खोज्न आवश्यक छ ।

नेपाल जस्तो देशमा २ दिन बिदा त्यत्ति प्रभावकारी देखिदैन । कर्मचारीका लागि मात्रै यो खुसीको कुरा होला अरुका लागि खासै अर्थ छैन । शनिबार र आइतबार दुबैतिर बन्द रहदा टाढाबाट सेवा लिन आएका सेवाग्राहीहरु मारमा पर्छन् । भोलिवादले गाँजिएको नेपाली समाजमा शुक्रबार नै काम होला भन्न सकिन्न ।

यसैले पनि यो निर्णय कार्यान्वयनको सवालमा सरकारले पुर्नबिचार गर्न आवश्यक छ । यसरी हचुवाको भरमा बिदा दिने निर्णयले कालान्तरमा सरकारी सेवाप्रति नै वितृष्णा उत्पन्न भएपनि फेरि यो सेवा नागरिकहरुका लागि अति आवश्यक नै छ । हावाको भरमा विद्यालय समेत बिदा दिने निर्णयको सरकारले बिचार गर्न आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here