बरियारपुर,पूर्वप्रधानमन्त्री एवंम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसकै अन्य जिल्लाबाट उखेलिएपछि उपेन्द्र यादव चुनाव लड्न यतिबेला बारा आएको बताउनुभएको छ । मोरङ, सुनसरी र सप्तरीका जनताले अस्वीकृत गरेपछि यादव चुनाव जित्न बारा क्षेत्र नम्बर २ मा आएको ओलीले बताउनुभएको हो । ‘जनतालाई लाटा र सोझा ठानेर आएका छन, ओलीले भन्नुभयो, तर बाराका जनता अब सचेत भइसकेका छन ।’ उहाँले यादवलाई जनताबाट अस्वीकृत नेताको उपमा पनि दिनुभएको छ ।एमाले जिल्ला कमिटी बाराले बुधवार बरियारपुरमा आयोजना गरेको क्षेत्र नम्बर २ स्तरीय क्षेत्रीय भेलालाई सम्बोधन गर्दै ओलीले अन्य जिल्लामा सफल हुन नसकेका यादवले बारामा चुनाव जिते पनि माला लगाउने बाहेक अरु कुनै काम नगर्ने पनि बताउनुभयो । ‘पहिला मोरङबाट लड्नुहुन्थ्यो त्यहाँबाट उखेलिएपछि सुनसरीबाट लड्नुभयो, त्यहाँबाट पनि हारेपछि सप्तरी आउनुभयो । सप्तरीबाट जरा नै उखेलिएपछि बारा आउनुभएको छ’ ओलीले भन्नुभयो, जनताले अब बाराबाट पनि हराएर पठाउनेछन ।’मधेसका मसिहा भन्नेले जनता ठग्ने बाहेक केही पनि नगरेको भन्दै ओलीले यादव अहिले देश लुटन बनेको १० दलीय गठबन्धनको एकजना सदस्य मात्रै रहेको पनि बताउनुभयो । यादवबाट कुनै पनि विकासका कामको आश गर्न नसकिने ओलीको भनाइ थियो ।मधेसका हुलाकी राजमार्ग, हुरी बतासले भत्किएका जनताका घर निर्माणको काम एमाले नेतृत्वको सरकारको पालामा भएको भन्दै ओलीले बाराको मात्र नभई देशकै विकासका लागि पनि एमालेको बहुमतसहितको सरकार आवश्यक रहेको बताउनुभयो ।ओलीले यादवको चरित्र जनतासामु छर्लङग् रहेको भन्दै बाराका जनताले एमालेको पक्षमा मतदान गर्ने बताउनुभयो । देश र जनताको हितका लागि काम गर्ने पार्टी एमालेमात्रै रहेको भन्दै ओलीले बारा २ का जनताले एमालेका उम्मेदवारलाई बिजयी गराउनेमा आफू ढुक्क रहेको बताउनुभयो ।त्यसैगरी पूर्वप्रधानमन्त्री ओलीले वर्तमान सरकार शान्ति प्रकृया छिटो टुङ्गयाउने नाममा व्दन्दकालका पीडितहरुलाई झन पीडित बनाउने र पीडकलाई उन्मुक्ति दिने पक्षमा देखिएको बताउनुभएको छ ।‘शान्ति प्रकृया छिटो टुङ्गयाउने नाममा सरकार आफ्ना मान्छेलाई चोख्याउने षडयन्त्रमा लागेको छ, पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, यसबाट आफ्ना मान्छेलाई चोख्याउन र पीडितलाई अझ पीडित तुल्याउने छ ।’उहाँले १८ वर्षसम्म केही प्रगति नभएको शान्ति प्रकृया छोटो बाटोको नाममा २÷४ दिनम नै टुङ्गयाउने चलखेल किन गर्नुप¥यो भन्दै यस्तो तरिकाले पीडितले न्याय प्राप्त गर्न नसक्ने पनि बताउनुभयो ।‘आजको भोलि नै प्रकृया सक्ने प्रयास भइरहेको छ, ओलीले भन्नुभयो, छोटो बाटोको नाममा पीडितलाई झन पिडित बनाएर शान्ति प्रकृया निष्कर्षमा पुग्न सक्दैन ।’सही बाटोबाट नै जादा पनि केही दिन वा हप्तामा टुगिन्छ भने हतारहतारमा किन टुङ्गयाउने प्रयास गर्नुप¥यो उहाँले प्रश्न गर्नुभयो ।सरकारलाई व्दन्दकालका पीडित र आमजनताको समस्यामा चासो नरहेको पनि ओलीको आरोप थियो । ‘देश र जनताको समस्या बारे मतलब छैन, उहाँले भन्नुभयो, आआफ्ना मान्छेलाई चोख्याउने र सुरक्षित बनाउने योजनामा सरकार छ ।’शान्ति प्रकृया टुङ्गयाउने नाममा पीडितहरुलाई पैसा बढने खेल हुन लागेको पनि ओलीको भनाइ थियो । ‘पहिलो क्यान्टेनमेन्टमा रहेका माओवावदी लडाकुहरुलाई पैसा बाढे जसरी अहिले पनि पीडितको नाममा पैसा बाढन थालिदैछ, उहाँले भन्नुभयो, पीडितलाई पैसा होइन, न्याय दिनुहोस ।सरकारसंग विकास गर्ने पैसा अभाव भएको र देशमा आर्थिक संकट चुलिएको बेला पैसा बाढेर देशलाई अझ बर्बाद पार्न खोजिएको ओलीको भनाइ छ ।लोकतन्त्रको नाममा सरकारले लोकतन्त्र र संविधान नै समाप्त पार्ने काम गरिरहेको पनि उहाँले आरोप लगाउनुभयो । उहाँले देशको प्रजातन्त्र, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधिनताको रक्षा र देशमा विधिको शासन कायम हुनुपर्ने पनि बताउनुभयो ।नेता ओलीले चुनावमा जातीय र साम्प्रदायिक कुरा गरेर जनतालाई भ्रममा पर्ने षडयन्त्र हुनसक्ने भन्दै यस्ता कुराप्रति मतदाता सचेत हुनुपर्ने बताउनुभयो । ‘देश कुनै एउटा जाति र सम्प्रदायको मात्रै होइन, उहाँले भन्नुभयो, सबै जाति, धर्म, सम्प्रदाय मिलेर काम देश बनाउनुपर्छ ।’अध्यक्ष ओलीले बारा २ को उपनिर्वाचनमा एमालेले अघि सोरेको उम्मेदवार पुरुषोत्तम पौडेल सहिद मुखलाल महतो कोइरी र स्वर्गीय सांसद सोहन चौधरीको सच्चा उत्तराधिकारी र अनुयायी भएको पनि बताउनुभयो । ‘महतो जस्तै सत्य र न्यायको पक्षमा लड्ने र चौधरी जस्ता सादा जीवनशैली छ, उहाँले भन्नुभयो, उम्मेदवार पौडेललाई मत दिएर विजयी तुल्याउनुहोस ।’



















