निजगढ,निजगढ नगरपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृतमा राजेन्द्रबहादुर अर्याल आउनुहुने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ३ वैशाख २०८२ को निर्णय अनुसार अर्याललाई निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत कान्तिबाल अस्पतालमा कार्यरत अर्यालले यसअघि धुनीबेसी नगरपालिका, निलकण्ठ नगरपालिका, तानसेन नगरपालिकालगायत अन्य स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएको छ ।
निजगढ नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत उपसचिव युवराज आचार्यको सरुवा भएपछि मन्त्रालयले अर्याललाई निजगढमा पठाएको हो । त्यसअघिका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको सरुवापछि निजगढ आउनुभएका आचार्य कार्यालयमा हाजिर भएको २ साता पनि पुग्न नपाउँदै सरुवा हुनुभएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा हुनुभएका आचार्यले हालसम्म पनि सो पालिका कार्यालयमा हाजिर गर्नुभएको छैन ।


















