वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं. १० रानिघाटमा शुक्रबार विहान एक मसाला फ्याक्ट्रीमा भीषण आगलागी हुँदा लाखौको क्षति भएको छ । रानिघाटस्थित कुमारी माई मन्दीर नजिकै रहेको प्रभु प्रसाद कलवारको रम्भा मसाला उद्योगमा आगलागी हुँदा लाखौंको क्षति भएको प्रहरीले जनाएको छ ।

शुक्रबार विहान दुई बजे उद्योगमा बिजुली सर्ट हुँदा आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । आगलागी हुँदा उद्योगमा रहेको कच्चापदार्थ, मसाला लगायत लगभग ५० लाखको समान जलेर क्षति भएको पिडितले जनाएका छन् ।

आगोलाई वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिल्लीराज सापकोटाको नेतृत्वमा रहेको प्रहरी टोली, स्थानियवासी र वीरगंज महानगरपालिकाको बारुण यन्त्र सहित ६ वटा बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।उनले दिएको जानकारी अनुसार पिडितले आगोले जलेर करिब ५० लाखको क्षति भएको दाबी गरेपनी यकिन बिवरण संकलन गर्ने काम भइरहेको छ । आगलागीमा कुनै मानवीय क्षती भने नभएको उनले बताए ।

Leave a Reply