रतनपुर,बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १३ स्थित धारापानी सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।धारापानी सामुदायिक वन समूहका अध्यक्ष उमेश घलानको अध्यक्षतामा भएको सो सभाको निजगढ नगरपालिकाका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलानले गर्नुभएको थियो । वडा अध्यक्ष घलानले ब्यानर पढेर साधारण सभाको उद्धाटन गर्नुभएको हो ।

साधारण सभाले पदपूर्तिमा समितिको सचिवमा सानुमाया गोले र सदस्यमा सुष्मा स्याङ्तानलाई सर्वसम्मत चयन गरेको छ । सभामा प्रमुख अतिथि वडा अध्यक्ष घलान, फेकोफन निजगढ नगर महासंघका उपाध्यक्ष तथा निजगढ १३ स्थित पशुपती सामुदायिक वन अध्यक्ष धनबहादुर खुलाल, शिवशक्तेश्वर सामुदायिक वन अध्यक्ष समूहका सुनबाहादुर थिङ्ग, सब डिभिजन वन कार्यालय रतनपुरका मुकेशकुमार दासगायतले सामुदायिक वनको संरक्षण, प्रबद्र्धन र उपभोक्ताहरुलाई वन पैदावार परिपूर्ति गर्नुपर्ने बारेमा बोल्नुभएको थियो ।

त्यस्तै वडा अध्यक्ष घलानले शुभकामना मन्तव्य राख्ने क्रममा सामुदायिक वनले उद्यमशीलतातर्फ जोड दिनुपर्ने र उपभोक्ताहरुले पनि सचेत भएर सामुदायिक वनको संरक्षण गर्नुपर्ने बताउनुभएको थियो ।कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर १३ की महिला वडा सदस्य फुलमाया स्याङ्तान, निजगढ १३ स्थित खानेपानी उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर थिङ्ग, भगवती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयबहादुर स्याङ्तान, समाजसेवी टंकबहादुर गोलेलगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

साधारण सभामा समूहका अध्यक्ष उमेश घलानले कार्यसमितिको प्रतिवेदन तथा कार्यप्रगति विवरण र १० बुदेँ कार्यायोजना प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष घलानले पेस गरेको सो प्रस्ताव सभाले सर्वसम्मत रुपमा पास गरेको छ ।
त्यसैगरी समूहका कोषाध्यक्ष खुशिलाल थिङ्गले लेखा तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।वन उपभोक्ता समूहका सहसचिव सन्तबहादुर आले मगरले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन पनि समुहका कोषाध्यक्ष खुशिलाल थिङ्गले नै गर्नुभएको थियो ।

Leave a Reply