नरेश गुप्ता

बरियारपुर,प्रहरीले लागूऔषध गाँजासहित निजगढ नगरपालिकाका २ जना युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराको टोलीले निजगढ नगरपालिका वडा नम्बर १३ बस्ने वर्ष ३३ को दिपक पाख्रिन र वर्ष २५ का बाबुराम वाईबालाई १५ केजी गाँजासहित बुधबार पक्राउ गरेको हो ।

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित वीरगन्ज– पथलैया सडक खण्डको रातो पुलबाट उनीहरुलाई लागूऔषध गाँजासहित पक्राउ परेका हुन । पथलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको ना. ४६ प.५९३१ नम्वरको मोटरसाइकल चेकजाँचको क्रममा बिहान ४ बजे उनीहरुलाई नियन्त्रणमा लिएको थियो । झोलाभित्र लुकाई छिपाई ल्याएको अवस्थामा १५ किलोग्राम गाँजासहित पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।

Leave a Reply