पुष्पराज खतिवडा

मनहर्वा,जिल्लाका दुई उपमहानगरपालिका कलैया र जीतपुरसिमरामा हाल मतगणना कार्य भइरहेको छ । प्राप्त परिणाम अनुसार दुबै पालिकामा नेकपा एमालेका उमेदवारले साझा गठबन्धनका उमेदवारलाई दवावमा पारेका छन् ।

कलैयामा साँझा गठबन्धनकालागि नेपाली काँग्रेसका राजेश राय यादव नेकपा एमालेका विनोद साहभन्दा २,७६१ मतले पछाडि पर्नुभएको छ । २७ वडा भएको सो पालिकाका १ देखि ७ नं. वडाको अन्तिम नतिजा सार्वजनिक हुँदा साहले ७,५७१ मत पाउनुभएको छ । यादवले भने ४,८१० मतका साथ एमालेका उम्मेदवार साहलाई पछ्रयाई रहनुभएको छ । यादव २०७४को निर्वाचनबाट मेयरमा निर्वाचित हुनुहुन्थ्यो भने त्यतिबेलाका निकटतम् प्रतिद्वन्द्वी साह झिनो मतान्तरले यादवसँग पराजित हुनुभएको थियो । यादव यतिबेला साहलाई पछ्याउदै हुनुहुन्छ ।

यता उपममेयरमा भने साँझा गठबन्धनका लागि जसपाका उमेदवार प्रमोदप्रसाद गुप्ता एमालेकी रौशन प्रविनभन्दा अगाडि देखिएका छन् । प्रविनले ५,०५६ मत प्राप्त गरेकी छन् भने गुप्ताले ५,७८७ मत पाउनुभएको छ ।

प्रविनले पाएको मत भन्दा जसपा उमेदवार गुप्ताले ७३१ मत बढि पाउनुभएको छ । यो परिमाण कुलै पनि बेला उल्टिन सक्ने अवस्था रहेको एमाले नेताहरुले बताएका छन् । यस कारण गठबन्धनका उम्मेदवार गुप्ता समेत हालको मतान्तरलाई टिकाई राख्नु पर्ने दवावमा हुनुहुन्छ ।

यस्तै कलैयमा साँझा गठबन्धनका मेयर यादव दवावमा पर्दा जीतपुरसिमरामा पनि उपमेयर उम्मेदवार काँग्रेसकी मेघा शाही दवावमा हुनुहुन्छ । साँझा गठबन्धनकी शाहीलाई नेकपा एमालेका भोलाप्रसाद अधिकारीले दवावमा पारेका हुन् । अधिकारीभन्दा शाही ७१३ मतले पछाडि पर्नुभएको छ ।

मेयरमा भने गठबन्धनका लागि माओवादी केन्द्रका उम्मेदवार राजन पौडेल एमालेकी सरस्वती चौधरी भन्दा १,०५९ मतले मात्रै अघि देखिनुभएको छ । पौडेल र चौधरीको मतान्तर २,४२२ सम्म पुगेर अहिले ओरालो लाग्दै आएको छ ।

पछिल्लो समय एमालेका वडा उम्मेदवारहरुले जित्दै गर्दा मतान्तर घट्दै गएको हो । २४ वटा वडा भएको जीतपुरसिमरा उपमहानगरमा १६ वटाको मात्रै परिणाम आएको छ । अझ ८ वटा वडाको परिणाम आउन बाँकी भएकाले हाल देखिएको मतान्तर घटेर जान सक्ने हुँदा पौडेल समेत दवावमा पर्नुभएको छ । पौडेलले १३७७१ मत पाउनुभएको छ ।

गठबन्धनकी उपमेयर उम्मेदवार शाहीले १२,२४३ मत प्राप्त गर्नुभएको छ । यस्तै एमालेकी मेयर उम्मेदवार चौधरीले १२,७१२ पाउँदा उपमेयरका उम्मेदवार अधिकारीले १२,९५६ मत प्राप्त गरेको पाइएको छ ।

कलैयाका मेयर राजेश राय यादव र जीतपुरसिमराकी उपमेयर मेघा शाही दुबै एउटै पार्टी नेपाली काँग्रेसका हुन् । कलैयामा काँग्रेसले जसपालाई उपमेयर दिएर गठबन्धन गरेको छ भने जीतपुरसिमरामा माओवादीलाई मेयर दिएर काँग्रेसले गठबन्धन गरेको छ ।

Leave a Reply