नरेश गुप्ता

बरियारपुर,महागढीमाई नगरपालिकाको चौतर्फी विकासको लागि आफू दिनरात खटेको मेयरका प्रत्यासी उपेन्द्रप्रसाद यादवले बताउनुभएको छ ।

स्थानीय तहमा झण्डै साढे चार वर्षसम्म कुशल र सक्षम जनप्रतिनिधिको रुपमा काम गरि विभिन्न क्षेत्रमा अनुभव बटुलिसकेको उहाँले बताउनुुभएको छ । उहाँले आफ्नो कार्यकालमा बिश्व प्रसिद्ध गढीमाईको मन्दिरको विकास, व्यवस्थापन, सरसफाइ, सुर्य मन्दिर, सुपर मार्केट, नगरपालिका भवन, गढीमाई प्राविधिक नमुना विद्यालय, विभिन्न वडामा अतिसुबिधा सम्पन्न शौचालय, कृषि मिटर निःशुल्क वितरणलगायत शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासमा गरेको काम जनतासामु छर्लङ्ग रहेको उहाँको भनाइ छ ।

०७४ सालमा भएको स्थानीय तहको चुनावमा निर्वाचित यादव जनतामा विकासप्रेमी जनप्रतिनिधिको रुपमा चिनिनुहुन्छ ।

‘केही स्थानीयसंचार माध्यममा महागढीमाई नगरपालिकाले भ्रष्टाचार, अनियमितता गरेको टिकाटिप्पणी गरिरहेको अवस्था छ, उहाँले भन्नुभयो, त्यो भ्रमको खेती मात्र हो, त्यसबाट आफुलाई चुनावी दौडमा कुनै असर पर्दैन ।’

नगरपालिकाको काम, कर्तव्य, जनतालाई चुस्त, दुरुस्त सेवा प्रदान गर्दै आएको अवस्थामा नगरबासीले समेत सुशासनको अनुभुति गरेको उहाँले बताउनुभयो ।

चुनावी दौडमा नगरपालिकाभित्र मेयर प्रत्यासी धेरै भएको तर आफूसंग कसैले प्रतिस्पर्धा गर्न नसक्ने उहाँको दाबी छ । भौगोलिक हिसाबले सदरमुकाम कलैयादेखि ३ किलोमीटर पूर्वमा पर्ने यो नगरपालिकाको उत्तरपूर्वी क्षेत्रमा करैयामाई गाउँपालिका, दक्षिणमा सुवर्ण र देवताल गाउँपालिका रहेको छ । महागढीमाई नगरपालिकामा ११ वटा वडाहरु रहेका छन ।

यसैबीच महागढीमाईमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी घरदैलो कार्यक्रममा सोमबार सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको छ ।

गत स्थानीय चुनावमा निर्वाचित नगर प्रमुख उपेन्द्रप्रसाद यादव दोस्रो पटकको लागि पनि नगर प्रमुख पदको उम्मेदवार हुनुहुन्छ । महागढीमाई नगरपालिका वडा नम्बर १ र २ मा पर्ने बरियारपुरमा निकालिएको घरदैलो कार्यक्रमा नगरका सबै क्षेत्रका कार्यकर्ता र सर्वसाधारण मतदाताको सहभागिता रहेको थियो ।

नगर प्रमुख पदका प्रत्यासी यादव, उपप्रमुख प्रत्यासी तारा देबी कानु लगायतको उपस्थितिमा घरदैलो कार्यक्रम सम्पन्न भएको थियो । घरदैलो कार्यक्रममा केही दिनअगाडि नेपाली कांग्रेस पार्टी प्रवेश गर्नु भएका रामचन्द्र साह तेली, बिजय स्वर्णकार, मधेस प्रदेश ख का सभापति राजेश साह लगायत वडा अध्यक्षका उम्मेदवारहरुको पनि सहभागिता रहेको थियो । घरदैलो कार्यक्रम पश्चात् आयोजित कोण सभामा नेपाली कांग्रेस पार्टीलाई बहुमतले जिताउन सम्पुर्ण कार्यकर्ताहरुलाई आग्रह गरिएको थियो ।

नेपाली कांग्रेस वडा नम्बर १ का सभापति झब्बुलाल साहको सभापतित्वमा भएको कोण सभामा वडा अध्यक्षका प्रत्यासी मनोजकुमार गुप्ता, वडा नम्बर २ बाट वडा अध्यक्षका उम्मेदवार बिरेन्द्र राउत वडा नम्बर ३ का अध्यक्ष उपेन्द्र जैसवाललगायत नेपाली कांग्रेशबाट नगरपालिकाका सबै वडाका वडा अध्यक्षका उम्मेदवारहरुको सहभागित रहेको थियो ।

कार्यक्रममा मेयर पदका प्रत्यासी यादव, उपप्रमुख कानु, महिला अधिकारक्रमी बबिता जैसवाल लगायतले नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको थियो । महागढीमाई नगरभित्र नेपाली कांग्रेसको जनलहर बढ्दै गएकोले जित निश्चित हुने उहाँले विश्वास व्यक्त गर्नु भएको थियो । कोण सभाको संचालन भैयाराम यादवले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here