वीरगञ्ज,पर्साको छिपहरमाई गाउँपालिकामा भएको आगलागी छिमेकी राज्य भारतबाट सल्केर आएको खुलेको छ ।
गाउँपालिकाको पडा नम्बर १ भलुवहिया टोलमा शनिवार दिउँसो भएको आगलागी भारतबाट सल्केर आएको खुलेको हो । भलुवहिया टोलसँग सीमा जोडिएको भारतीय जिल्लाको बसनपुरस्थित गँहु खेतमा लगाइएको ‘आगोको झिल्का’ उछिट्टिएर भलुवहयिा टोलस्थित एक घरमा सल्केको प्रहरीले जनाएको छ ।भलुवहिया टोलमा लागेको आगलागीबाट कुखुरा फर्म र केहि घरहरु पूर्णरुपले जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतीबारे विवरण आइनसकेको मिर्जापुर प्रहरी चौकीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here