नरेश गुप्ता

बरियारपुर,स्थानीय तहको चुनावमा देवताल गाउँपालिकाको अध्यक्ष पदमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।

गत स्थानीय चुनावमा तत्कालीन राजपाबाट पालिका अध्यक्षमा निर्वाचित चन्दनकुमार सिंह र उपाध्यक्षमा निर्वाचित रामपती देबी दोस्रो पटकको कार्यकालको लागि लोसपाबाट चुनावी मैदानमा उत्रिनुभएको छ ।

बाराको दक्षिणी क्षेत्र भारतसंग सीमा जोडिएको देवताल गाउँपालिकामा जसपाबाट अध्यक्ष पदमा उदयचन्द यादव र उपाध्यक्षमा सितापती देबी चुनावी प्रतिस्पर्धामा रहेका छन ।

त्यसैगरी एकीकृत समाजवादीबाट अध्यक्ष पदमा रामनिवास साह र उपाध्यक्षमा दलित महिला सुनिता देबी राम प्रतिस्पर्धामा होमिएका छन । गाउँपालिकाको विकास, भौतिक पुर्वाधार संरचना, सडक नाला, शिक्षा, स्वास्थ, कृषिमा उल्लेखनीय काम गरेको अध्यक्षका प्रत्यासी चन्दन सिहले बताउनुभयो । देवतालको चुनावी दौडमा पनि सिंहले आफ्नो चुनावी एजेन्डाहरु र बाँकी रहेका कामहरुलाई अगाडि बढाउने प्रतिबद्धता मतदातासंग बाडिरहनुभएको छ ।

त्यसैगरी जसपा, नेपाली कांग्रेस, एकीकृत समाजवादीका उम्मेदवारहरुलेसमेत चुनाव जित्न आफ्नो चुनावी एजेन्डाहरुलाई अगाडि बढाएर घरदैलो कार्यक्रममा व्यस्त रहेका छन । देवताल गाउँपालिकामा वडा नम्बर १ देखि ८ नम्बर वडाहरु रहेका छन । देवतालमा हरेक क्षेत्रको विकासको प्रचुर स्वभावना बोकेको र भारतीय सिमासंग जोडिएको ऐतिहासिक ठाउँ भएकोले यहाँका जनताको जीवनस्तर उकास्न, रोजगारीको ग्यारेन्टी गर्न, शिक्षा स्वास्थ, दलित समुदायको उत्थानको स्थानीयहरुले अपेक्षा गरेका छन ।

Leave a Reply