मकवानपुर,मकवानपुरको भिमफेदी गाउँपालिका– १, टौवासमा खोलाले बगाउँदा घुम्न भनेर आएका वीरगञ्जका एकजना पुरुषको मृत्यु भएको छ ।पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका– ५ का करिब ५० वर्षका पुरुषोत्तम शर्मा साथीहरूसँग गाडी रिजर्भ गरी टौवासमा घुम्न आएका थिए । उनीहरू वनभोजपछि नुहाउँदै खोलापारी जान खोज्दा एकाएक पानीको बहाव बढ्यो । तीव्र गतिको बाढीले शर्मालाई करिब ४ सय  मिटर तलसम्म बगायो । उद्धार टोलीले उनलाई घटनास्थलबाट केही तल निकाले पनि त्यसबेला नै मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।मनसुन सक्रिय भई खोलानाला अकस्मात् बढ्ने भएकाले प्रहरीले नदी–खोला आसपासमा सतर्क रहन सबैलाई अनुरोध गरेको छ ।

Leave a Reply