नरेश गुप्ता
बरियारपुर –  बाराको महागढीमाई नगरपालिका  वडा न १ र १० मा शितलहर बाट वचन स्थानिय दलित , असहाय र बिपन बर्गलाई कम्बल बितरण गरिएको छ । महागढीमाई नपा ११ गंन्जभवानिपुरमा स्थानीय दलित महिला पुरुषहरुलाई  कम्बल बितरण गरिएको छ ।
कम्बल  बितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडा  अध्यक्ष चन्दन शाहले शितलहर र जाडो बाट वचन न्यानो लुगा लगाउनु पर्ने बताउनु भयो । स्थानिय १०० जना दलित , असहाय महिलाहरुलाई कम्बल बितरण गरिएको थियो । त्यसैगरी महागढीमाई नपा १ बरियारपुरमा वडा अध्यक्ष  सुदामा साहको अध्यक्षतामा स्थानिय असहाय , बिपन , ज्येष्ठ नागरिकलाई कम्बल  बितरण गरिएको वडा सचिव रामबाबु शार्माले बताए ।

Leave a Reply