वीरगन्ज,पर्सा प्रहरीले बढी मुल्यमा अक्सीमिटर बिक्री गर्ने वीरगन्जका एकजना औषधी व्यवसायीलाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित आफ्नै घरमा औषधी पसल संचालन गरेका ३२ बर्षीय रामहरि तिवारी पक्राउ परेका हुन् । शरीरमा अक्सिजनको मात्रा र पल्स जाँच गर्ने उपकरण अक्सीमिटरको कालो बजारी गरेको आरोपमा प्रहरीले तिवारीलाई पक्राउ गरेको हो । १ हजार ९ सय रुपैया मात्रै मुल्य पर्ने अक्सीमिटर तिवारीले भने ३ हजार ५ सय रुपैयासम्ममा बिक्री गरेको पाइएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । उनी बिरुद्ध कालोबजारी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here