दुष्यन्त चौधरी
कलैया – बाराको आदर्श कोतवाल गाउँपालिकाको वडा नम्बर ६ पटेर्वामा एक सय ५० जना वृद्धवृद्वालाई कम्बल वितरण गरेका छन् । केही दिन देखि बढेको लगातार शितलहरलाई मध्य नजर गरि बाराको आदर्श कोतवाल गाउँपालिकाको वडा नम्बर ६ का वडा अध्यक्ष मधुसूदन जैसवालले कम्बल वितरण गरेका छन् ।
गाउँपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष जैसवालले सोमबार एक कार्यक्रमको आयोजना गरि वडामा रहेका असहाय , गरिब , दलित तथा अति विपन्न एक सय ५० जना वृद्धवृद्वालाई कम्बल वितरण गरेका छन् ।
गाउँपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष जैसवालको अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष मुसतुफा अंसारीको प्रमुख आतिथ्यमा कम्बल वितरण गरेका बारे गाउँपालिकाका स्वास्थ्य शाखाका सह संयोजक रामाकान्त प्रसाद साहले जानकारी दिए ।
कम्बल वितरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साह , वडा नम्बर ६ का सचिव महेन्द्र गिरि सन्यासी , ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्श चिउटाहाका प्रहरी सहायक निरिक्षक हरिहर प्रसाद कुर्मी लगायतका विशेष उपस्थिति रहेका बारे गाउँपालिकाका स्वास्थ्य शाखाका सह संयोजक साहले बताए ।