नरेश गुप्ता
बारा – बिभिन मुदामा कैद र जरिवानाको लागि फरार रहेको प्रतिबादिलाई बारा प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाराको फैसला आदेशले बारा प्रहरीले बारागढी गाउपालिका ६ निवासी भन्टु भन्ने चुलाही प्रसाद यादवलाई गाउघरमा लुकिछिपी बसेको अवस्थामा पुस १७ गते पक्राउ गरिएको हो ।
कुटपिमुदामा कैद र जरिवाना ९ महिना १५ दिन कैद र जरिवाना ४ हजार ७५० रुपैया को लागि भन्टु फरार रहेको थियो । पक्राउ परेको यादवलाई जिल्ला अदालत बारामा प्रस्तुत गरिएकोमा अदालतको आदेशले बिरगंज कारागार चलान गरिएको बाराको प्रहरी प्रवक्ता गौतम मिश्रले बताउनु भयो । त्यसैगरी सार्वजनिक मुदामा जरिवाना रु ५ हजारको लागि फरार रहेको महागढीमाई ११ गंन्जभवानिपुर निवासी राजकुमार यादवलाई बारा प्रहरीले पक्राउ गरिएको र उनले जरिवाना रकम दाखिला गरि छुटेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।