कलैया,शाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिएसँगै पछिलो समय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेप्रति जनलहर बढ्दै छ ।
बाराको करैयामाई गाउँपालिका वडा नम्बर ८ नरहीमा एमालेको प्रचार कार्यालय स्थापना गरिएको छ । सो कार्यालय उद्धाटन गर्दै नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य बलवीर चौधरीले नेकपा एमालेको पक्षमा जनलहर बढेको देखेर सूयको राप र तापलाई न त रूखले छेक्न सक्छ न त छाताले नै छेक्न सक्छ भनेर भन्नुभयो ।
कुनै समय लाल किल्लाको नामले परिचित करैयामाई गाउँपालिकामा अहिले पुन ः लाल किल्ला स्थापित हुने संकेत देखिन्छ । नेकपा एमाले बाराले आसन्न स्थानीय तह निर्वाचनमा प्रचार अभियानलाई तीव्र बनाएको छ । उम्मेदवारहरू ‘सुशासन, समृद्धि र समाजवादको आधार, पालिका–पालिकमा एमालेको सरकार’ भन्ने मूल नाराका साथ प्रचार अभियानमा मतदाताहरुका घरदैलोमा पुग्ने क्रम जारी रहेको छ ।
करैयामाई गाउँपालिका अध्यक्ष पदका उम्मेदवार कृष्णप्रसाद चौधरी, उपाध्यक्ष पदकी उम्मेदवार पार्वती थरूनीले बुधबार वडा ८ मा आयोजित घरदैलो’ कार्यक्रममा सहभागी हुनुभयो ।
उम्मेदवारद्वयले सुशासन, समृद्धि, विकास निर्माणलगायतका शिक्षा, स्वास्थ्य, खेलकुद, खानेपानी लागयत क्षेत्रमा आवश्यकताका आधारमा सन्तुलित विकास गर्ने प्रतिवद्धता प्रकट गर्नुभयो । एमाले उम्मेदवारहरुले करैयामाई गाउँपालिका वडा नम्बर ८ अन्तर्गत नरही, औनिया, ईटहर, बेलाही तथा सिरसिया गाउँमा घरदैलो गरेका हुन ।