निजगढ,निजगढ नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार सुरथ पुरीले निजगढ नगरपालिका वडा नम्बर ८ को खयरघारी सुकुम्बासी वस्तिलाई नमूना वस्तिको रुपमा विकास गर्ने बताउनुभएको छ ।

बुधवार निजगढ वडा नम्बर ८ को खयरघारीमा मेचिमहाकाली रेल्वे आयोजना र जग्गाधनी पुर्जा समस्या समाधान बारे स्थानीयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर पदका उम्मेदवार पुरीले सो कुरा बताउनुभएको हो । उहाँले स्थानीय जनता विस्थापित हुने गरी निजगढमा कुनै पनि आयोजना संचालन हुन नदिने पनि बताउनुभएको छ । उहाँले खयरघारी क्षेत्रलाई नमुना बस्तिको रुपमा विकास गर्ने आफ्नो सोच र योजना रहेको पनि बताउनुभयो ।

‘खयरघारी वस्ति विस्थापित गर्ने गरी कुनै पनि आयोजना संचालन हुन दिइने छैन, पुरीले भन्नुभयो, बरु यो वस्तिलाई नमूना बस्तिको रुपमा विकास गर्छौ ।’

उहाँले नेकपा एमाले सुकुम्बासी र भूमिहिन समुदायको हितमा काम गर्ने पार्टी भएको बताउदै आफू विजयी भएको खण्डमा जग्गाधनी पुर्जा लगायतका सबै समस्या हल गर्ने पनि बताउनुभयो । त्यसैगरी कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरुले यसपालिको स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई भोट दिएर विजयी बनाउने बताएका छन ।

कार्यक्रममा स्थानीय बासिन्दा मिरा कुवर, केशव दनुवार, गंगा धिताललगायतले निजगढ नगरपालिका वडा नम्बर ८ को खयरघारी र वडा नम्बर ९ को गैरीटोलका बासिन्दाले बेहोर्दै आएको समस्या बारे बोल्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here