निजगढ,निजगढ नगरपालिकामा शैक्षिक सत्र २०८० मा कक्षा ८ को वार्षिक परीक्षामा सिकाइ उपलब्धिको आधारमा निजगढ ७ लच्कास्थित सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय प्रथम भएको छ ।नगरपालिकामा कक्षा ८ सम्म पठनपाठन सञ्चालन हुने १७ विद्यालयमध्ये सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय २५ दशमलब ६४ औसत सिकाइ उपलब्धिसहित प्रथम भएको हो । प्रथम भएबापत निजगढ नगरपालिका कार्यालयले विद्यालयलाई पुरस्कारस्वरुप १ लाख रुपैया प्रदान गरेको छ ।

नगरपालिकाले बिहीवार विद्यालयका प्रधानाध्यापकको बैठकमा कक्षा ८ को परीक्षाको नतिजा तथा सिकाइ उपलब्धिको विश्लेषण सहित सो कुराको जानकारी गराएको हो । जसअन्तर्गत २२ दशमल २४ सिकाइ उपलब्धिसहित गौरीशंकर मावि निजगढ ८ दोस्रो र २२ दशमलव शुन्य २ सिकाइ उपलब्धिसहित गौरीशंकर मावि निजगढ ६ सडकटोल तेस्रो भएका छन ।
विद्यार्थीको लिखित परीक्षामा ५० नम्बरमा विद्यालयले औसत सिकाइ उपलब्धि हाँसिल गरेका हुन् । कक्षा ८ सम्म मात्रै पढाइ हुने विद्यालयमा जनकल्याण आधारभूत विद्यालय निजगढ ४ पुरानोटोल १८ दशमलव ६० सिकाइ उपलब्धि हाँसिल गर्दै दोस्रो भएको छ । निजगढ नगरपालिकामै कक्षा ८ को औसत सिकाइ उपलब्धि भने १५ दशमल ७५ रहेको छ ।
प्रथम भएसंगै सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयलाई नगरपालिकाले प्रोत्साहन स्वरुप १ लाख नगद प्रदान गरेको छ । विद्यालयले नियमिततर्फ ८० प्रतिशत विद्यार्थीलाई उत्तीर्ण गराउन समेत सफल भएको थियो । विद्यार्थी, शिक्षक तथा अभिभावकको मेहनतले विद्यालय विद्यार्थी उत्र्तिण तथा उच्च सिकाइ उपलब्धि हाँसिल गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक उमेश स्वर्णकारले बताउनुभयो ।

आफ्नो विद्यालय गुणस्तरीय शिक्षाको लागि सधैँ प्रतिबद्ध रहेको भन्दै विद्यालयमा शैक्षिक गतिविधि, अतिरिक्त क्रियाकलाप एवंम कक्षा कोठाको सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन प्रतिबद्ध रहेको प्रधानाध्यापक स्वर्णकारको भनाई छ ।प्रधानाध्यापकको बैठकमा बोल्दै निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले शैक्षिक गुणस्तर सुधार गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । सबै विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आगामी दिनमा सिकाइ उपलब्धि बढाउँदै लैजानुपर्नेमा उहाँले जोड दिनुभएको थियो । प्रधानाध्यापकको बैठकमा नगरपालिकाका उपप्रमुख सोममाया थिङ, शिक्षा अधिकृत उत्तम लामिछाने, विभिन्न विद्यालयका प्रधानाध्यापक लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply