पुष्पराज खतिवडा

मनहर्वा,स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवारहरु चुनावी गीत बजाएर मतदातसँग मत माग्दै घरदैलो गरिरहेका छन् । यस्ता कार्यक्रमहरुले यसपटकको निर्वाचनलाई संगितमय बनाएको पाइएको छ । गाउँ, शहर चारैतर्फ पार्टीको चुनवाी गीत गुन्जिएका छन् ।

पार्टी तथा उम्मेदवारका पक्षमा, चुनावी एजेण्डाको पक्षमा तयार पारिएका गीत संगितले चुनावी माहोल संगितमय बनाएको हो ।

पार्टीले तयार गरेका लोकप्रिय गीत मात्रै हैन चुनाव लक्षित व्यक्ति केन्द्रित गीत÷संगित तयार पारेर उमेदवारहरु मैदानमा छन् । निर्वाचन आयोगले भड्किलो शैली नपनाउन उम्मेदवारहरुलाई सचेत गराइरहेको बेला उम्मेदवारहरु भने डिजे बजाउदै चुनाव प्रचार व्यस्त रहेका छन । तर मुख्य दलका उम्मेदवारहरुबाटै आयोगको निर्देशन बेवास्था भइरहेको पाइएको छ ।

नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी, जनता समाजवादी, नेकपा समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारहरु नै भड्किलो शैलीमा चुनाव प्रचारप्रसार र घरदैलोमा व्यस्त छन् ।

चुनावी प्रचारप्रसारलाई गीतसंगितले प्रभावकारी बनाउने काम गरिरहेको छ । सोही कारण यसको प्रयोग बढिरहेको स्वमं उमेदवारहरुले नै बताएका छन । उम्मेदवारहरुसँगै घरदैलो सहभागी नेता कार्यकर्ता, मतदाता र सर्मथकलाई सांगितिक माहोलले उर्जा थपिने हुँदा संगितमय प्रचार शैलीलाई प्राथमिकता दिनु परेको उनीहरुले बताएका छन ।

स्थानीय प्रशासनले समेत जिल्लामा डिजे साउण्ड नबजाउन अनुरोध गर्दै आएपनि उम्मेदवारका अघिपछि ठूलाठूला डिजे सिस्टम प्रयोग गरिएको छ । प्रचारशैलीमा केहीहद परिवर्तन आएको भने पाईएको नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीले बताउनुभयो ।

यसपटकको स्थानीय चुनावमा डिजिटल सामग्री उत्पादन गरी सामाजिक संजाल मार्फत उमेदवारहरुले प्रचार प्रसार गरिरहेका समेत छन् । प्रविधिको प्रयोग गरेर चुनाव प्रचार प्रसार गर्ने क्रम बढेको पाइएको अध्यक्ष तिवारीले बताउनुभयो । यद्यपि नयाँ र पुरानै दुबै शैली अपनाएर जनमत आफ्नो पक्षमा देखाउने प्रयास सबैले गरिरहँदा चुनाव खर्चिलो अनि भड्किडलो देखिएको तिवारीले बताउनुभयो ।

उमेदवारहरुले ठुलो संख्यामा मतदाता उतारेर दुबै शैलीमा मतदाता रिझाउने प्रयास गरिहेका भएपनि कुन शैली प्रभावकारी भन्ने यकिन गर्न नसक्दा उनीहरुको खर्च समेत बढेको छ ।

चुनाव प्रचारप्रसारमा संगितले प्राथमिकता पाएको छ । यो कलाकार र संगित क्षेत्रका लागि सुःखद् भएको कलाकार एवं कला, संकृति प्रवद्र्धन तथा पर्यटन महासंघ मधेश प्रदेशका कार्यसमिति सदस्य विकास पाण्डेले बताउनुभयो ।

कोरोना महामारीसँगै थला परेको गीत संगीत क्षेत्रलाई चुनावले मलहम पट्टी गरेको उहाँले बताउनुभयो । ‘करोडौंको लगानीमा खोलिएका स्टुडियो र सोका लागि काम गर्ने संगीतकर्मी, सर्जक अनि कलाकारहरुले चुनावलाई अवसरका रुपमा लिएका छन् ।’ पाण्डेले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here