कलैया,राष्ट्रिय प्रजातन्त्र पार्टीले बढ्दो मंहगी, भ्रष्ट्राचार, रासायनिक मल अभाव र बेरोजगारी जस्ता समस्या हल गर्नुपर्ने माग गर्दै शुक्रवार कलैयास्थित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।

पार्टीको जिल्ला कार्यालयबाट नारा जुलुस गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका राप्रपाका कार्यकर्ताहरुले कार्यालयको मूल गेटमा दिउसो १ घण्टा धर्ना दिएको राप्रपा निजगढ नगर अध्यक्ष खडकप्रसाद उप्रेतीले जानकारी दिनुभयो । जिल्ला अध्यक्ष गिरिधारी चौधरीको नेतृत्वमा धर्ना कार्यक्रम भएको हो ।
राप्रपाले गत असार १ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई राजनीतिकसहित जनजीविकासंग सम्बन्धित २२ बुँदे माग सहितको ज्ञापन पत्र पेश गरेको थियो । आफ्ना माग पूरा गर्न सरकारलाई दवाव दिने उद्देश्यले राप्रपाले देशका सबै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको हो ।
















