सिमरा,राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनले चौथो पटक पाथीभरा अन्तरविद्यालय पुरुष भलिबल प्रतियोगिताको उपाधि उचालेको छ । शनिबार भएको फाइनल खेलमा एक्स सर्भिसम्यान चिल्ड्रेन एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै विभूतिले उपाधि उचालेको हो ।

विभूतिलाई चौथो संस्करणको उपाधि दिलाउने क्रममा सिद्धान्त चौधरीले उत्कृष्ट प्रदर्शन गरे । उनि खेलको फाइनल खेलको प्लेयर अफ दि म्याच घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विभूतिकै प्रितमबाबु राय घोषित भए । यसैगरी उदयीमान खेलाडी एक्स सर्भिसम्यानका प्रशान्त चौधरी घोषित भए ।विजेता तथा उपविजेता खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, सिमरा कलेजका सहप्राध्यापक शालिकराम अधिकारी, सिमरा डुमरवाना हबका संयोजक बसन्त ढकाल, पाथीभरा स्कुलका प्रिन्सिपल लक्की रिमाललगायतले पुरस्कार वितरण गरेका थिए ।

फाइनल खेलको समापन समारोहलाई सम्बोधन गर्दै नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले देशको राष्ट्रिय खेल भलिबलप्रतिको आकर्षणलाई दक्ष खेलाडी उत्पादनतर्फ डोहोर्याउनुपर्ने बताउनुभयो । निजी विद्यालयहरुले गरिरहेको प्रयासको आफूले प्रशंसा गर्ने बताउँदै अधिकारीले नगरका तर्फबाट हुने सहयोग पनि गर्ने बताउनुभयो ।
प्रतियोगितामा सिमरा र डुमरवानाका ११ वटा निजी विद्यालयको सहभागिता रहेको थियो । सिमरा र डुमरवानाका १२ निजी विद्यालयको सहभागितामा सिमरा डुमरवाना हब गठन गरिएको छ । उक्त हब अन्तर्गत रहेका विद्यालयले प्रत्येक वर्ष खेलकुद र शिक्षामा दुई वटा कार्यक्रम अनिवार्य गर्नुपर्ने हुन्छ । सोही कार्यक्रम अन्तर्गत पाथीभराले भलिबल प्रतियोगिता आयोजना गरेको हो ।

सिमरा डुमरवाना हबका संयोजक ढकालले विद्यार्थीलाई अध्ययनसंगै खेलकुद र रचनात्मक गतिविधिमा समेत अब्बल बनाउनका लागि वार्षिक कार्यतालिका बनाएर अघि बढिरहेको बताउनुभयो । पाथीभराका प्रिन्सिपल रिमालले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।समापन समारोहमा राष्ट्रिय विभूतिका निर्देशक श्यामप्रसाद भट्टराई, प्रिन्सिपल सागर ठाडामगर, अक्षरा पाठशालाका प्रिन्सिपल नरेन्द्र तामाङ, नवराज न्यौपाने, धनन्जय थोकर, श्रवन गुप्ता, लक्ष्मण अधिकारी, द्धारिकाराज पौडेल, विकास बिडारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने आरके यादवले स्वागत मन्तव्य राख्नुभएको थियो ।
फोटो पनि छ ।

Leave a Reply