कलैया,श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले बाराको कलैयाबाट बुधवार एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर १० मटिअर्वाका ३५ वर्षीय बच्चा मियाँ रहेका छन् । मियाँले आफ्नी २३ वर्षीया श्रीमती सहिना खातुनलाई घराँयसी विवादमा बुधवार दिउसो ३ः१५ बजे आफ्नै घरभित्र कुटपिट गरी मासु काट्ने धारिलो हतियार (दाब) प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।घटनाको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय बारा कलैया र प्रहरी चौकी मटिअर्वाबाट पुगेको प्रहरी टोलीले मियाँलाई नियन्त्रणमा लिएको हो । मियाँले श्रीमती हसिनाको टाउको र गर्दनमा दाबा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरी टोलीले मियाँलाई नियन्त्रणमा लिएको छ । घटनामा प्रयोग गरिएको हतियार समेत बरामद भएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले जनाउनुभएको छ ।
घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



















