सिमरा,नेपाल लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य श्रीराम साह नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को वडा कमिटीले शनिवार जीतपुरमा आयोजना गरेको चुनावी भेलामा साह एमाले प्रवेश गर्नुभएको हो ।
साहलाई एमाले पोलिटब्युरो सदस्य एवम् मधेस प्रदेश सहईन्चार्ज ज्वालाकुमारी साहले टिका लगाएर स्वागत गर्नुभएको थियो । साहलाई स्वागत गर्दै पोलिटव्युरो सदस्य साहले अबको निर्वाचनमा एमालेले गठबन्धनलाई पराजित गर्ने दाबी गर्नुभयो ।
कार्यक्रममा एमाले बाराका पूर्वअध्यक्ष देवनारायण चौधरी, एमाले बाराका उपसचिव अमृत शर्मा बजगाई, एमाले बारा सचिवालय सदस्य एवम् जीतपुरसिमरा निर्वाचन परिचालन कमिटीका संयोजक मनोज पौडेल, एमाले वडा नम्बर ७ का उम्मेदवार सुनिल गुप्ता, एमाले नेता मोजाहिर अंसारी, मनोज पौडेल, मनोज साहलगायत नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।
भेलाले जिल्ला कमिटी सदस्य देवी सापकोटाको संयोजकत्वमा चार सय एक सदस्यीय वडा निर्वाचन परिचालन कमिटी समेत गठन गरेको छ ।