जीतपुर,कृष्ण फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप २०७९ को आइतवार भएको दोस्रो दिनको खेलमा वीरगन्ज युनाईटेड क्लब, वीरगन्ज विजयी भएको छ ।
परवानीपुर युथ क्लब वीरगन्ज २१ परवानीपुरको आयोजनामा परवानीपुर खेल मैदानमा शनिवारदेखि सुरु भएको प्रतियोगितामा नवजनजागृति युवा क्लब सिमरालाई वीरगन्ज युनाईटेड क्लब वीरगन्जले हराएको हो ।प्रतियोगिता अन्तर्गत आइतवार भएको खेलमा ट्राइब्रेकरमा नवजनजागृति युवा क्लब सिमरालाई ३÷१ गोल अन्तरले पराजित गर्दै वीरगन्ज युनाईटेड क्लब, वीरगन्ज विजयी भएको प्रतियोगिता आयोजक क्लबका कोषाध्यक्ष कृष्णाप्रसाद यादवले जानकारी दिनुभयो ।खेलको म्यान अफ दि म्याच वीरगन्ज युनाईटेड क्लबका गोलकिपर दिलमणी चौधरीले पाएका थिए । उनलाई जसपाका नेता संजय मण्डलले नगद ५ हजार र ट्रफी प्रदान गर्नुभएको थियो । ९० मिनेटको निर्धारित समयमा दुवै टिमले एक÷एक गोलको बराबरी खेलेपछि खेल ट्राइब्रेकरमा धकेलिएको छ ।त्यसअघि पहिलो हाफको मध्यान्तरमा नवजनजागृति युवा क्लब सिमराका विदेशी खेलाडी टिम्बाले गोल गर्दै अग्रता दिलाएका थिए ।दोस्रो हाफमा जवाफी प्रदर्शन गर्दै वीरगन्ज युनाईटेड क्लब निरज थापा मगरले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । प्रतियोगितामा मधेश प्रदेशका ६ वटा र बागमती प्रदेशका दुई गरी ८ टिम सहभागी छन् ।प्रतियोगिता चैत ४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई ७५ हजार नगद ट्रफी र मेडल प्रदान गरिने आयोजक परवानीपुर युथ क्लबले जनाएको छ ।

Leave a Reply