पछिल्लो समय मिटु भन्ने एउटा शब्द भनौं या अभियान भनौं चलिरहेको छ । पहिला त धेरै नागवरिकहरुलाई मिटु भन्ने कुरा नै थाहा छैन । खासमा कुनै समय आफ्नो जीवनकालमा कोहीबाट यौंन हिंसामा परेको ब्यक्तिले आफ्नो कुरा जीवनको कुनै पनि कालखण्डमा सार्वजनिक गर्नु नै मिटु हो भनिएको छ । मिटु बिशेषमा बढी चर्चित रहे पनि नेपालमा समेत पछिल्ला दिनमा भजाउने गरिएको छ ।
बिहीबार काठमाडौंमा समेत आयोजित एक कार्यक्रममा एमालेका काठमाडौंका मेयर पदका उम्मेदवार केशव स्थापितमाथि यस्तै मिटुको आरोपको कुरा उठाइयो र त्यो बखत उनी जंगिए । वास्तवमा यो मिटु अभियान कसैको स्वाभिमानसंग बढी जोडिएको पनि देखिएको छ । कोही व्यक्तिले सार्वजनिक रुपमा पद धारणा गरेपछि हिजोको उसका केही कमीकमजोरीहरु बाहिर ल्याउने गरेको छ ।
नेपालको सवालमा चैं यसको गलत दुरुपयोग नै हुनेछ । जस्तै नायक पल शाह निर्दोष छन्, सबैलाई थाहा छ तर कानुनमा उनी दोषि देखिए । यस्ता हर्कतले महिलालाई बलियो बनाएको देखिन्छ । पदमा रहँदा गलत हर्कत गर्न हुन्न । सबै सचेत हुनु पर्दछ तर केही कमजोरी भएमा जीवनभर मिटुको नाउमा अर्काको जीवन सिध्याउने काम पनि राम्रो होइन ।